२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिंहदरबारभित्रको हेल्थ डेक्स पुनः सुचारू

सिंहदरबारभित्रको हेल्थ डेक्स पुनः सुचारू


काठमाडौं—सात हजारभन्दा बढी कर्मचारी कार्यरत रहेको र दैनिक हजारौं सेवाग्राही आउने देशको प्रसासनिक केन्द्र सिंहदरबार परिसरभित्र वीर अस्पतालले हेल्थ डेक्स सुचारु भएको छ । उक्त स्वास्थ्य केन्द्र २०७४ फागुन १६ देखि सञ्चालनमा रहेको थियो ।

तर, कोभिड—१९ को विश्वव्यापी महामारी सुरु भएसँगै ठाउँको अभावका कारण उक्त डेक्स बन्द भएको थियो । प्रधानमन्त्री कार्यालयको अनुरोधपछि आइतबारदेखि पुनः वीर अस्पतालले हेल्थ डेक्स सुचारु गरेको हो ।

हेल्थ डेस्कको उद्घाटन मुख्यसचिव शंकर दास बैरागी गरेका छन् । हेल्थ डेक्स स्वास्थ्य सेवाको शुभारम्भ वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. भुपेन्द्र बस्नेतले मुख्यसचिव बैरागीको स्वास्थ्य जाँच गरी शुभारम्भ गरेका थिए ।

वीर अस्पतालका दुई जना चिकित्सक र तीन जना स्वास्थ्यकर्मीले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म डेस्कबाट सेवा प्रदान गर्नेछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भवनको पूर्वी प्रवेशद्वारसँगै साविक राष्ट्रिय पुर्नर्निर्माण प्राधिकरण रहेको भवनबाट सेवा दिइनेछ ।
डेक्समा अक्सिजनसहित वेड, स्वास्थ्य परीक्षण, रक्तचाप, वर्ल्ड सुगर, ड्रेसिङ्गलगायत जाँच गरिनेछ । साथै, सुविधासम्पन्न एम्बुलेन्स पनि व्यवस्था गरिएको छ ।

स्वास्थ्य परामर्श दिदै आवश्यक औषधि समेत दिइने छ भने।स्वास्थ्य अवस्था र आवश्यकता हेरेर सरकारी अस्पतालमा रेफर पनि गरिनेछ । कर्मचारीलाई तत्काल स्वास्थ्य समस्याबाट बचाउन, सामान्न स्वास्थ्य समस्या र जाँचका लागि कार्यालय छाडेर बाहिर अस्पताल जान नपरोस, कार्यालय समयको बचत होस् भन्ने हेतुका साथ हेल्थ डेक्सको स्थापना गरिएको हो ।

आवश्यकताको आधारमा समय—समयमा मुटुरोग, मधुमेह, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी रोग, छाला, महिला रोगलगायत विषेशज्ञ चिकित्सक सेवा पनि दिने योजना रहेको सिंहदरबार हेल्थ डेक्सका प्रमुख वरिष्ठ स्वास्थ्यकर्मी दिपक मुडभरीले बताए । उनका अनुसार प्रधानमन्त्री कार्यालयको पूरै निर्माण कार्य सम्पन्न भएपछि कार्यालयकै पश्चिम भागको भुइँ तलामा सुविधासम्पन्न हेल्थ डेक्स र एम्बुलेन्स सञ्चालन हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ