२०८१ चैत्र १४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. भीमसिंह तिंकरीलाई सरकारले १० लाख उपचार खर्च दिने

डा. भीमसिंह तिंकरीलाई सरकारले १० लाख उपचार खर्च दिने


काठमाडौं—कलेजो प्रत्यारोपण गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. भिमसिंह तिंकरीलाई सरकारले १० लाख रुपैयाँ उपचार खर्च दिने भएको छ । डा. तिंकरीलाई उपचार खर्च निकासा गर्ने सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरी अर्थबाट पनि सहमति आइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।

‘दुई हप्ताअघि मन्त्रिपरिषदले डा. तिंकरीलाई स्वास्थ्य उपचारका लागि १० लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ,’ सचिव पोखरेलले भने, ‘अर्थबाट पनि निकासा गर्ने भनेर आइसकेको छ ।’

कलेजो सिरोसिस भएका डा. तिंकरीको दुई महिना अघि भारतको म्याक्स अस्पतालमा प्रत्यारोपण भएको थियो ।

स्वास्थ्य सेवामा ३२ वर्ष काम गरेका तिंकरी एक वर्षदेखि कलेजो रोगको उपचार गराइरहेका छन् ।

मेडिकल अधिकृतको रुपमा डोटीबाट सरकारी जागिरे जीवन सुरु गरेका तिंकरी जिल्ला, क्षेत्र हुँदै स्वास्थ्य सेवा विभागमा लामो समय काम गरेका थिए ।

बिरामी भएकै बेला ६ महिनाअघि १२ औं तहमा बढुवा भएका उनले कार्यभार सम्हाल्न नपाउँदै गत माघमा अनिवार्य अवकास पाएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ