२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३५ जनामा कोभिड संक्रमण

थप ३५ जनामा कोभिड संक्रमण


काठमाडौं—नेपालमा थप ३५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

यससँगै अहिलेसम्म नेपालमा ९ लाख ७८ हजार २ सय ९७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ सय ६६ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६४ हजार १ सय २७  पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड-१९ सक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोभिड-१९ बाट ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ ।

नेपालमा बिहिबार २ हजार २ सय १९ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ