२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. श्रीकृष्णकुमारको अध्यक्षतामा सरकारी चिकित्सक संघ मधेश प्रदेश शाखा गठन

डा. श्रीकृष्णकुमारको अध्यक्षतामा सरकारी चिकित्सक संघ मधेश प्रदेश शाखा गठन


काठमाडौं—सरकारी चिकित्सक संघ (गोदान)को मधेश प्रदेश शाखा गठन भएको छ । प्रदेशका विभिन्न स्थानीय, प्रदेश र संघीय अस्पतालका कार्यरत सरकारी चिकित्सकहरुले गोदानको मधेश प्रदेश शाखा गठन गरेका हुन् ।

गोदानको मधेश प्रदेश शाखाको अध्यक्षमा डा. श्रीकृष्णकुमार यादव चयन भएका छन् । उपाध्यक्षमा डा. जितेन्द्र जयसवाल, महासचिवमा डा. अजयकुमार यादव, सचिवमा डा. मनिष भारद्वाज र कोषाध्यक्षमा डा. संजयकुमार यादव चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा डा. सतिसकुमार साह, डा. गौरव महतो, डा. रोशन चौधरी, डा. विनय प्रभाकर राई र डा. राधेश्याम राय चुनिएका छन् । गोदानको मधेश प्रदेश शाखाको सल्लाहकारमा अस्पतालका मेसुहरु, डा. रामनरेश पण्डित, डा. मनिष पाण्डे र डा. जामुन सिंह रहेका छन् ।

गोदानको उक्त शाखालाई केन्द्रीय समितिले सहर्ष स्वीकार गर्दै बधाई समेत ज्ञापन गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ