२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्सिङ लाइसेन्स परीक्षामा ५४.८६ प्रतिशत पास

नर्सिङ लाइसेन्स परीक्षामा ५४.८६ प्रतिशत पास


काठमाडौँ – नेपालमा मेडिकल काउन्सिलले लिएको नर्सिङ तर्फको २९ औँ नर्सिङ लाइसेन्स परीक्षामा ५५ प्रतिशत उत्तीर्ण भएका छन्। काउन्सिलले शनिबार लिएको सो परीक्षामा ५५ प्रतिशत उत्तीर्ण भएका हुन्।

काउन्सिलका अनुसार यसपटक नर्सिङ तर्फको परीक्षाका लागि १ हजार ४८३ जनाले फारम भरेकोमा परीक्षामा सहभागी भएका १ हजार ४ सय ७१ जनामध्ये ८ सय ७ जना (५४.८६ प्रतिशत) मात्रै उत्तीर्ण भएका छन्। भने, ७७६ जना फेल भएका छन् ।

त्यस्तै, काउन्सिलले मिडवाइफरीतर्फको छैटौं नाम दर्ता परीक्षाको नतिजा पनि प्रकाशित गरेको छ। .जसमा तीन जनाले परीक्षा दिएका थिए। तीन जनानै उत्तीर्ण भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ