२०८३ असार १४, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबजेट अभावले आँखा स्वास्थ्यका कार्यक्रम रोकिदैन : स्वास्थ्यमन्त्री खतिवडा

बजेट अभावले आँखा स्वास्थ्यका कार्यक्रम रोकिदैन : स्वास्थ्यमन्त्री खतिवडा


काठमाडौँ – स्वास्थ्यमन्त्री विरोध खतिवडाले आँखा स्वास्थ्यका कुनै पनि कार्यक्रम बजेटको अभावले नरोकिने बताए। ४४ औं नेत्र ज्योति दिवसको अवसरमा  कुपन्डोलस्थित नेपाल नेत्र ज्योति संघले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘बजेटको अभावमा कुनै पनि आँखा स्वास्थ्यका कार्यक्रम रोकिदैन। पालिकाहरुसँग बजेट निर्माणकाे समयमा आँखा स्वास्थ्यमा लागि लविङ्ग गर्नुपर्छ । यसका लागि प्रदेश, स्थानीय तह र केन्द्र मिलेर काम गर्नु आवश्यक छ।’

कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव डा. राेशन पाेखरेलले प्रत्येक जिल्ला अस्पतालमा आँखा सेवाको शाखा स्थापना गरिने बताएका छन्।

संघका महासचिव भरत बहादुर चन्द्रले ‘भिटामिन ए’को कार्यक्रमले अन्धोपन र बाल मृत्युदर तीन चौथाईले कमी आएको बताएका छन्। विश्व स्वास्थ्य संगठन, युनिसेफ र नेपाल सरकारको सहयोगमा ‘भिटामिन ए’ अभियान सुरु गरिएको र यसले उल्लेखनीय सुधार भैरहेको उनको भनाइ छ।

संघका महासचिव  संघको चन्द्रले भने, ‘उद्देश्य सर्वसाधारणको पहुँचसम्म आँखा स्वास्थ्य सेवालाई सहज र सुलभ रुपमा पु-याइ सेवा दिने र पैसाको अभावमा कोही पनि दृष्टिविहिन भएर बस्न नपरुन भन्ने रहेको हो  । यही लक्ष्य प्राप्तिका लागि हामी लागि परेका छौँ।’

संघले दिवसको अवसरमा संघको अन्धोपन निवारण गर्ने उद्देश्य प्राप्तिमा योगदान दिने गण्डकी प्रदेश, तुलसीपुर उपमहानगरपालिका दाङ, वरिष्ठ समाजसेवी श्री जंग शाह, विराट नगर अस्पताल, भरतपुर् आँखा अस्पताललाई प्रमाणपत्र पनि दिएको छ।

यस वर्षको संघको नारा ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ भन्ने रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ