२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २१ जनामा कोभिड संक्रमण

थप २१ जनामा कोभिड संक्रमण


काठमाडौं—नेपालमा थप २१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २१ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

यससँगै अहिलेसम्म नेपालमा ९ लाख ७८ हजार ३ सय ४७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ सय १९ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोभिड-१९ सक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोभिड-१९ बाट ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ ।

नेपालमा सोमबार १ हजार २ सय ५४ जना सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ