२०८० मंसीर १६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४२ जना कोभिड-१९ संक्रमित थपिए, ८६ संक्रमणमुक्त

४२ जना कोभिड-१९ संक्रमित थपिए, ८६ संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ४२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८६ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६५ हजार २ सय २८ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा मृत्युको संख्या शुन्य छ । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ ।

नेपालमा १ हजार १ सय ९८ सक्रिय संक्रमित रहेका छन् । कोभिड-१९ का कारण गम्भीर भएका ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने २० जनाको आईसीयुमा उपचार जारी रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ