२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्रीसँगै स्वास्थ्यमन्त्री खतिवडा र स्वास्थ्य सचिव डा. पोखरेल पनि भारत भ्रमणमा जाने

प्रधानमन्त्रीसँगै स्वास्थ्यमन्त्री खतिवडा र स्वास्थ्य सचिव डा. पोखरेल पनि भारत भ्रमणमा जाने


काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवा भोलिबाट तीन दिने भारत भ्रमणमा जाँदैछन् । भ्रमणमा स्वास्थ्य मन्त्री विरोध खतिवडासहित चार जना अन्य मन्त्रीहरु पनि भारत जान लागेका छन् ।

जसमा परराष्ट्रमन्त्री नारायण खड्का, उर्जामन्त्री पम्फा भुसाल र कृषि मन्त्री महेन्द्र राय यादव पनि भारत भ्रमणमा जाँदैछन् ।

स्वास्थ्य मन्त्री खतिवडासँगै स्वास्थ्य सचिव डा. रोशन पोखरेल पनि भारत भ्रमणमा जानेछन् । स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहाकार डा. रमेश ढकालले भने, ‘मन्त्रालयबाट भ्रमण दलको सदस्यका रुपमा स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिव सहभागी हुँदै हुनुहुन्छ ।’

तर, प्रधानमन्त्रीको औपचारिक तीन दिने भारत भ्रमणका क्रममा भारतसँग प्रस्ततु गर्ने स्वास्थ्य एजेण्डाहरु भने ठोस भइसकेका छैनन् । ‘प्रधानमन्त्री कार्यलयबाटै केही तयारी भएको भए हो,’ स्वास्थ्य स्रोतले भन्यो, ‘मन्त्रालयका तर्फबाट कुनै ठोस एजेण्डा तय भएको छैन ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ