२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लगातार २ दिनमा २ जनाको कलेजो प्रत्यारोपण

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लगातार २ दिनमा २ जनाको कलेजो प्रत्यारोपण

अब केन्द्रमा महिनामा नियमित दुई वटा कलेजो प्रत्यारोपण गरिने


काठमाडौं—शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा लगातार दुई दिनमा दुई वटा कलेजो प्रत्यारोपण गरिएको छ । अस्पतालमा कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठकाअनुसार आइतबार र सोमबार लगातार दुई वटा सफल कलेजो प्रत्यारोपण गरिएको हो ।

कीर्तिपुरका ४६ वर्षीय इच्छाकुमार महर्जन र झापाका ५१ वर्षीय रामचन्द्र वलीको सफल कलेजो प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ । महर्जनलाई उनकी श्रीमती ४३ वर्षीया ज्ञानी शोभा महर्जनले कलेजो दान दिएकी थिइन् भने वलीलाई उनीकी १९ वर्षीया छोरी सुमित्रा वली कलेजो दान दिएकी हुन् ।

दुवै जना कलेजो प्रत्यारोपित तथा अंगदाताहरुको स्वास्थ्य सामान्य रहेको डा. श्रेष्ठले बताए । ‘जटिल शल्यक्रिया लागि अत्याधुनिक सुविधाले सम्पन्न केन्दमा न्यूनतम शुल्कमा कलेजो प्रत्यारोपण हुने गरेको छ,’ डा. श्रेष्ठले भने, ‘आगामी महिनादेखि मासिक २ जनाको कलेजो प्रत्यारोपण नियमित गर्ने तयारी छ ।’

प्रत्यारोपणमा सर्जनहरु डा. अनिषा तिवारी, डा क्षेतेन योञ्जन तामाङ्ग, डा. प्रदेज सापकोटा,  डा. ललितकुमार दास, कलेजो फिजिसियन डा. कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. रेखा श्रेष्ठ, डा. रश्मीत श्रेष्ठ, डा. शिवसुन्दर राजचल, डा. सुमन सलग्न थिए । यसैगरी, रेडियोलोजी विभागको नेतृत्व डा कृष्ण बुढाथोकीले गरेको थिए । त्यस्तै, नर्सिङ्ग टोलीका कोपिला दाहाल, बबिता लवजु, अनिता कार्कीलगायतले सघाएका थिए ।

वि.सं. २०७२ मंसिरमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेको केन्द्रले हालसम्म ८ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । जसमा ७ जना स्वस्थ्य व्यक्तिबाट र १ जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट कलेजो दान भएको थियो । उक्त शल्यक्रियामा नेपाली टोलीको नेतृत्व प्रत्यारोपणविद डा. पुकारचन्द्र श्रेष्ठले गरेका थिए भने भारतको दिल्लीस्थित म्याक्स हस्पिटलका टोलीको नेतृत्व डा. शलिन अग्रवालले गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ