२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयात्रुको स्वास्थ्य बिग्रिएपछि धनगढीबाट काठमाडौंका लागि उडेको जहाज नेपालगञ्जमा अवतरण

यात्रुको स्वास्थ्य बिग्रिएपछि धनगढीबाट काठमाडौंका लागि उडेको जहाज नेपालगञ्जमा अवतरण


काठमाडौँ – धनगढीबाट काठमाडौंका लागि उडान नं. २५२ मा एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थल नेपालगञ्जमा अवतरण गरेको छ। बुद्ध एयरले आफ्नो ट्वीटरमा पोस्ट गर्दै उक्त जानकारी दिएको हो।

‘धनगढीबाट काठमाडौंका लागि उडान नं. २५२ मा एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थल नेपालगञ्जमा अवतरण गरियो । विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको पनि व्यवस्था थियो, ‘ट्वीटरमार्फत भनिएको छ ।

स्वास्थ्यकर्मीको चेकजाँच र यात्रुले ठिक भनेपछि आफन्तका साथ बाहिर निस्किएको बुद्ध एयरले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ