२०८० मंसीर १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१२ जना कोभिड-१९ संक्रमित थपिए, ८९ जना संक्रमणमुक्त

१२ जना कोभिड-१९ संक्रमित थपिए, ८९ जना संक्रमणमुक्त


काठमाडौं-नेपालमा थप १२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १२ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ८९ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६५ हजार ९ सय ३६ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट कसैको पनि निधन भएको छैन । नेपालमा अहिलेसम्म कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ छ ।

नेपालमा शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ६ सय ६९ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ