२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ गम्भीर बिरामीको संख्या घट्दैं, भेन्टिलेटरमा १ र आईसीयुमा ११ जना

कोभिड-१९ गम्भीर बिरामीको संख्या घट्दैं, भेन्टिलेटरमा १ र आईसीयुमा ११ जना


काठमाडौं—कोभिड-१९ को संक्रमण ओरालो लागेसँगै गम्भीर संक्रमितको संख्या पनि घटेको छ । सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आईसीयु र भेन्टिलेटरमा १२ जना गम्भीर कोभिड संक्रमितको उपचार भइरहेको छ ।

बागमती प्रदेशमा कोभिड-१९ संंक्रमणबाट गम्भीर भएका एक जनाको मात्रै भेन्टिलेटरमा उपचाररत छन् । अन्य सबै प्रदेश कोभिड-१९ का गम्भीर संक्रमित मुक्त भएका छन् ।

यसैगरी, कोभिड-१९ बाट गम्भीर भएका थप ११ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मन्त्रालयकाअनुसार बागमतीका १० जना र गण्डकीमा १ जनाको संक्रमितको आईसीयुमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ