२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशपाल्पामा ८४ प्रतिशत बालबालिकाले लगाए टाइफाइड विरुद्धको खोप

पाल्पामा ८४ प्रतिशत बालबालिकाले लगाए टाइफाइड विरुद्धको खोप


काठमाडौँ – पाल्पामा ६० हजार १ सय ८२ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाएका छन्। १५महिनादेखि १५ वर्षउमेर समुहका लागि २३चैत्रबाट संचालन गरिएको खोप अभियानमा ६० हजार १ सय ८२ जना अर्थात ८४. ६६ प्रतिशतले खोप लगाएका हुन्।

पाल्पामा कुल ७१ हजार ८७ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य रहेको छ । जसमा सबैभन्दा बढी पूर्वखोला गाउँपालिकामा ९९.६३ प्रतिशत बालबालिकाले खोप लगाएका छन्। त्यसपछि निस्दी गाउँपालिकाकामा ९५ प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।

त्यस्तै, रम्भा गाउँपालिकाका ९० प्रतिशत, रामपुर नगरपालिकामा ८४ प्रतिशत, तानसेन नगरपालिकाका ८२ प्रतिशत, तिनाउ गाउँपालिकाका ७९ प्रतिशत बालबालिका, रिब्दीकोट गाउँपालिकाका ७४ प्रतिशत, माथागढी गाउँपालिकाका ८० प्रतिशत, रैनादेवी छहरा गाउँपालिकाका ८४ प्रतिशत र बगनासकाली गाउँपालिकाका ८३ प्रतिशत बालबालिकाले टाइफाइडबिरुद्धको खोप लगाएका छन्।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ