गृहपृष्ठ ∕ समाचार ∕ मानव अङ्गसहित पक्राउ परेका विद्यार्थी रिहा गर्न वीपी प्रतिष्ठानको अनुरोध मानव अङ्गसहित पक्राउ परेका विद्यार्थी रिहा गर्न वीपी प्रतिष्ठानको अनुरोध हेल्थ आवाज बुधबार, २०७८ चैत्र ३० गते, १४:१० मा प्रकाशित काठमाडौँ – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मानवअंगसहित पक्राउ परेका एमबीबीएसका विद्यार्थी आदित्य सिन्हालाई रिहा गर्न सशस्त्र प्रहरीको इलाका कार्यालय मोरङलाई आग्रह गरेको छ । प्रतिष्ठानले शस्त्र प्रहरीको इलाका कार्यालय मोरङलाई बल, पत्राचार गर्दै उनलाई रिहाइ गरी घर जान अनुमति दिन अनुरोध गरेका हुन्। प्रतिष्ठानले ती विद्यार्थीबाट प्रहरीले बरामद गरेको सामग्री अध्ययनका लागि आवश्यक भएको जनाएको छ। प्रतिष्ठानले बुझाएको पत्रमा भनिएको छ, ‘भारतको बिहारका विद्यार्थी सिन्हा विशेष कारणवस घर जाने क्रममा आफ्नो अध्ययनमा आवश्यक पर्ने सामग्रीहरु सहित लिएर जाँदै गरेको अवसस्थामा रानी बोर्डर एरियामा चेक जाँचको क्रममा हिरासतमा रहेको जानकारी प्राप्त भएको हुँदा निज यस प्रतिष्ठानको विद्यार्थी भएको र चिकित्साशास्त्र अध्ययनमा पुराना बोन सेट पनि आवश्यकता पर्ने हुँदा निजलाई आवश्यक सहयोग गरी घर जान अनुमति दिनुहुन अनुरोध छ।’ २६ वर्षीय सिन्हालाई मंगलबार प्रहरीले विराटनगर रानीस्थित मुख्य भन्सार नाकाबाट पक्राउ गरेको थियो। उनी पक्राउ परेपछि प्रतिष्ठानले उनी निर्दोष भएको खण्डन गर्दै रिहाइ गर्न प्रहरी कार्यालयलाई अनुरोध गरेको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ५ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र दशैंका के खाने, कसरी खाने ? स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र दशैंका के खाने, कसरी खाने ?