२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअर्थले रोक्यो स्वास्थ्यको १६ अर्ब रुपैयाँ, अप्ठ्यारोमा स्वास्थ्य मन्त्रालय

अर्थले रोक्यो स्वास्थ्यको १६ अर्ब रुपैयाँ, अप्ठ्यारोमा स्वास्थ्य मन्त्रालय


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित बजेटमा रहेर खर्च गरेको १६ अर्बभन्दा बढी रकम अर्थ मन्त्रालयले निकासा रोकिदिएको छ । पछिल्लो ८ महिनादेखि स्वास्थ्य मातहतका निकायहरुलाई निकासा गर्नुपर्ने १६ अर्ब १४ करोड ८४ लाख २ हजार रुपैयाँ अर्थले निकासा नदिँदा स्वास्थ्य मन्त्रालय अप्ठ्यारोमा परेको छ ।

मन्त्रालय स्रोतकाअनुसार साउनदेखि फागुनसम्म नियमित बजेटअन्तर्गत खर्च भएको रकम माग गर्दा अर्थका अधिकारीहरुबाट आलटाल हुने गरेको छ ।

धुलिखेल अस्पतालको उपकरण खरिदका लागि साउन—भदौतिरै निकासा दिनुपर्ने १० करोड अर्थले अझै निकासा दिएको छैन् । यसैगरी, कोभिड—१९ रोकथाम तथा नियन्त्रण कार्यक्रमको ८२ करोड, कोभिड—१९ नियन्त्रण तथा उपचार कार्यक्रमको ५ अर्ब २३ करोड पनि अर्थले निकासा दिएको छैन ।

यसैगरी, स्वास्थ्य सेवा विभाग खोप अभियानको ६८ करोड, जोखिम भत्ताको १५ करोड ७० लाख रुपैयाँ, वीर अस्पतालको १० करोड रुपैयाँ, भेरी अस्पतालको एमआरआई खरिदको २२ करोड रुपैयाँ, परोपकार प्रसुति गृहको १० करोड रुपैयाँ, भरतपुर अस्पतालको ३० करोड रुपैयाँ निकासा हुन सकेका छैन् ।

प्रादेशिक अस्पतालको सुर्खेतको १ अर्ब १० करोड रुपैयाँ, स्वास्थ्य बिमा बोर्डको ५ अर्ब २५ करोड रुपैयाँ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २५ करोड रुपैयाँ, विभिन्न अस्पतालको कोभिड व्यवस्थापनको ३५ करोड ९२ लाख रुपैयाँ, स्वास्थ्य सेवा विभागको हेमोडाइलाइसिस मेसिन खरिदको २० करोड रुपैयाँ निकासा दिन बाँकी छ ।

यसैगरी, अन्य विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुको गरी १६ अर्ब १४ करोड ८४ लाख २ हजार रुपैयाँ अर्थले निकासा दिएको छैन ।
सामान्यतयाः कुनै पनि मन्त्रालयले बजेट निकासाका लागि अर्थ मन्त्रालयसँग प्रस्ताव पठाइसकेपछि १५ दिनभित्रमा निकासा हुने वा नहुने सम्बन्धित मन्त्रालयलाई जानकारी गराउने चलन रहेको छ । तर, स्वास्थ्य मन्त्रालयले ८ महिनाअघि फाइलको पनि निकासा गर्ने वा नगर्ने कुनै जानकारी दिएको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ