२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. वंशीधर मिश्रको अध्यक्षतामा नेको नेपालको नयाँ कार्यसमिति चयन

डा. वंशीधर मिश्रको अध्यक्षतामा नेको नेपालको नयाँ कार्यसमिति चयन


काठमाडौं—डा. वंशीधर मिश्रको अध्यक्षतामा नेको नेपाल (नेपाल स्वास्थ्य सहकारी संस्था लि.)को नयाँ कार्यसमिति चयन भएको छ । शनिबार स्वयम्भुमा भएको साधारणसभाबाट डा. मिश्रको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा जीवनप्रकाश शर्मा र गम्भीरलाल श्रेष्ठ चयन भएका छन् । यस्तै, सचिवमा डा. रामकुमार अधिकारी, सहसचिवमा हरिकुमार श्रेष्ठ र कोषाध्यक्षमा सुवर्णकृष्ण मल्ल निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा डा. अरुणमणि दीक्षित, रामहिरा पाठक, सानुकुमारी तुलाधर, कपिलदेव रिमाल र हरिहर कार्की निर्वाचित भएका छन् ।
साधारणसभामा प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे रहेका थिए । कार्यक्रमको अध्यक्षता जीवनप्रकाश शर्माले गरेका थिए ।

वि.सं. २०६३ सालमा स्थापना भएको नेको नेपालमा २ हजार ६ सय जना शेयर होल्डर रहेका छन् । ३ सय शैय्याको मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पताल सञ्चालन गरिरहेको नेको नेपालको पहिलो सहकारी हो । यसको स्वयम्भुमा ३ सय शैय्याको अस्पताल सञ्चालनमा छ भने सोल्टीमोडमा हेल्थ साइन्स कलेज सञ्चालनमा रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ