२०८० मंसीर १८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. हेल्थकेयर फार्मेसीका सञ्चालक २६ वर्षीय लामा पक्राउ

डा. हेल्थकेयर फार्मेसीका सञ्चालक २६ वर्षीय लामा पक्राउ


काठमाडौं—महानगरीय अपराध महाशाखाले नियन्त्रित औषधिसहित फार्मेसी सञ्चालक उदय थिङ (कविर लामा) लाई पक्राउ गरेको छ । आइतबार नरेफाँटबाट सोही ठाउँमा रहेको डा. हेल्थकेयर फार्मेसीका सञ्चालक २६ वर्षीय थिङलाई नियन्त्रित औषधिसहित पक्राउ गरेको महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

कविर लामा भनेर चिनिने थिङले ट्रमाडोल र ट्रमाडेक्स नामक नियन्त्रित औषधि उपत्यकाका विभिन्न ठाउँमा लुकाई छिपाई बिक्री गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मकवानपुरको हेटौडा—१६ स्थायी ठेगाना भएका थिङबाट ट्रमाडोल हाइड्रोक्लोरोसाइड क्याप्सुल ५० एमजीको ४२ हजार ५ सय थान र ट्रमाडेक्स हाइड्रोक्लोरोसाइड क्याप्सुल ५० एमजीको १० हजार थान प्रहरीले बराबद गरेको छ ।

थिङलाई थप अनुसन्धान र कारवाहीका लागि औषधी व्यवस्था विभागलाई बुझाइएको प्रवक्ता कोइरालाले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ