२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आजदेखि, जुकाको औषधि पनि खुवाइदैं

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आजदेखि, जुकाको औषधि पनि खुवाइदैं


काठमाडौं-सरकारले आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मंगलबार (आज) र बुधबार (भोलि) दुई दिन देशव्यापी राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुनेछ ।

मन्त्रालयकाअनुसार ६ देखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । यसैगरी, १२ महिना ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ सँगै जुकाको औषधी खुवाइने छ।

कार्यक्रमका क्रममा २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ दिइने लक्ष्य सरकारको छ । यसैगरी, झण्डै २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइनेछ लक्ष्य राखिएको छ ।

उमेर पुगेको बालबालिकालाई नजिकैको वितरक केन्द्रमा लगी नछुटाइ भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन मन्त्रालयले अनुरोध गरेको छ। साथै, जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न पनि पनि मन्त्रालयले भनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ