२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोससँग नेपालले स्वास्थ्यका तीन क्षेत्रमा माग्यो सहयोग

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोससँग नेपालले स्वास्थ्यका तीन क्षेत्रमा माग्यो सहयोग


काठमाडौं—विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम ग्रेहब्रेयससको नेपाल भ्रमणका क्रममा नेपालले स्वास्थ्यका तीन क्षेत्रमा सहयोग मागेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले डा. टेड्रोससँगको भेटमा तीन क्षेत्रमा सहयोग माग गरेका हुन् ।

‘औषधि उत्पादन र सर्जिकल उपकरणहरु निर्माणका लागि उधोग स्थापना गर्न र औषधिमा आत्मनिर्भर हुन सहयोग पाउँदा सहज हुने कुरा राखेका छौं,’ मन्त्री खतिवडाले भने ।

उनकाअनुसार हेटौडास्थित कीटजन्य अध्ययन तथा तालिम केन्द्रलाई दक्षिण एसियाली तहमै काम गर्न सक्ने गरी गरी विकास गर्न डा. टेड्रोससँग आग्रह गरिएको छ ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलकाअनुसार अकंलोजीसँग सम्बन्धित मातृ तथा बाल स्वास्थ्य सहकार्य केन्द्रको स्थापना गर्न विश्व स्वास्थ्य संगठनको सहयोग मागिएको छ ।

मन्त्री खतिवडाकाअनुसार त्यसमा डा. टेड्रोसले ठोस प्रस्ताव ल्याउन आग्रह गर्दै आफूहरुले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

त्यसबाहेक आगामी दिन आउने महामारी र जारी कोभिड—१९ महामारीमा सहयोग गर्ने प्रतिवद्धता डब्लूएचओको टोलीले गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ