२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रपतिसँग विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोसको शिष्टाचार भेट

राष्ट्रपतिसँग विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोसको शिष्टाचार भेट


काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन्। शुक्रबार विहान राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीसँग डा. टेड्रोसले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले भेटका क्रममा राष्ट्रपति भण्डारीले कोभिड—१९ महामारीका बेला विश्वका सबै देशहरुलाई डब्ल्युएचओले समानतामा आधारित रहेर भ्याक्सिन वितरण गरेकोमा प्रशंशा गरेकी थिइन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोसले कोभिड—१९ विरुद्धको भ्याक्सिन धेरै जनसंख्यालाई लगाएको नेपालको प्रशंशा गरेका थिए । उनले नेपालको स्वास्थ्य नीति जिज्ञाशा राख्दैं विश्व स्वास्थ्य संगठनलाई नेपाललाई पु¥याएको सहयोगका बारेमा जानकारी गराएका थिए ।
उनले आजै नेपालले चलाइरहेको खोप टाइफाइडविरुद्धको खोप अभियानको अवलोकन समेत गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आएका डा. टेड्रोसले यसअघि स्वास्थ्यमन्त्री विरोध खतिवडा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खडकालगायतलाई भेटिसकेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटघाट गर्नेछन् ।

डा. ट्रेडोस भारत सरकारको निमन्त्रणमा भारतमा हुने आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएर नेपाल आएका हुन् । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोसको यो पहिलो नेपाल भ्रमण हो ।

यसअघि उनी इथोपियाको स्वास्थ्य मन्त्री हुँदा नेपाल आएर बुढानिलकण्ठस्थित प्राथमिक स्वास्थ्य केन्द्र अवलोकन गरेका थिए । डा. टेड्रोस १० गते फर्कने कार्यक्रम रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ