काठमाडौं—नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन-२०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरूले स्थानीय निर्वाचनका लागि कांग्रेसको घोषणापत्र सार्वजनिक गरेका हुन् ।
जसमा स्वास्थ्यलाई पनि नेपाली कांग्रेसले प्राथमिकतामा संकल्पका रुपमा अगाडि बढाउने घोषणा गरेको छ । ‘निःशुल्क आधारभूत स्वास्थ्य सेवा, गुणस्तरीय सेवामा सहज र समानतामूलक पहुँच’ नाराका साथ कांग्रेस घोषणापत्रमा ६ प्राथमिकतामा स्वास्थ्य योजना समेटिएको छ ।
नेपाली कांग्रेसले सबल स्थानीय स्वास्थ्य प्रणालीको परिकल्पना घोषणापत्रमा गरेको छ ।
उसले त्यसका लागि सचेत नागरिक, जवाफदेही नेतृत्व, दक्ष र उत्प्रेरित जनशक्ति, भौतिक पूर्वाधार र उपकरण, घरनजिक निःशुल्क आधारभूत सेवा, सबैलाई स्वास्थ्य बिमा गुणस्तरीय सेवामा सहज र समानतामूलक पहुँचमा जोड दिएको छ ।
