२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा ९ वर्षमा ८४० जनाको मिर्गौला प्रत्यारोपण

शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा ९ वर्षमा ८४० जनाको मिर्गौला प्रत्यारोपण

७ वर्षमा ९ जनाको कलेजो प्रत्यारोपण सम्पन्न


काठमाडौं—भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ९ वर्षमा ८ सय ४० जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । आइतबार केन्द्रको १० औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा केन्द्रका निर्देशन डा. पुकारचन्द्र श्रेष्ठले सिमित व्यक्तिले मात्रै अंगदान गर्ने व्यवस्था भएका कारण केन्द्रले अहिलेसम्म ८ सय ४० जनाको मात्रै मिर्गौला प्रत्यारोपण गर्न सकेको बताए ।

‘मिर्गौला प्रत्यारोपण वार्षिक रुपमा २ सय जनाको हुने गरेको छ,’ उनले भने, ‘तर, माग ३ हजारको छ ।’ उनकाअनुसार केन्द्रले ६ वर्षदेखि हप्तामा ६ देखि ८ जनाको मिर्गौला प्रत्यारोपण गर्दै आएको छ ।

उनले अहिलेको अवस्थामा सबै बिरामीको मिर्गौला प्रत्यारोपण गर्न र सहज सुविधा दिनका लागि ७ वटै प्रदेशमा कम्तिमा पनि १ वटा प्रत्यारोपण केन्द्र आवश्यक पर्ने बताए । ‘मुटु, मिर्गौला र कलेजो तीन वटैको विशिष्टीकृत सेवा दिने एकमात्र केन्द्र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र हो,’ उनले भने ।

वि.सं. २०७२ मंसिरमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गरेको केन्द्रले हालसम्म ८ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ