२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकार र निजी क्षेत्र मिले मात्रै औषधिमा आत्मनिर्भर बन्न सक्छौंः उपाध्यक्ष पौडेल

सरकार र निजी क्षेत्र मिले मात्रै औषधिमा आत्मनिर्भर बन्न सक्छौंः उपाध्यक्ष पौडेल


चितवन—राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले स्वदेशी औषधिमा आत्मनिर्भर हुन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक रहेको बताएका छन् । नेपाली औषधि उत्पादक संघ नेपाल (एपोन)को आयोजनामा चितवनमा भएको फर्मा एक्स्पो—२०२२ को दोस्रो दिन शनिबार आयोजित अन्तक्रियामा उनले यस्तो धारणा राखेका हुन् ।

‘नेपालमा औषधि उत्पादनको सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा पौडेलले औषधि उत्पादनमा सम्भावना र चुनौती उतिकै भएकोले यसका लागि सरकार र निजी क्षेत्र दुवै मिलेर अघि बढ्न आवश्यक रहेको बताए।

एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डेले औषधि उद्योगलाई आत्मनिर्भर बनाउन आन्तरिक उत्पादनलाई बढावा दिनुपर्नेमा जोड दिए । ‘नीति कार्यन्वय हुन नसक्दा औषधि उत्पादनमा देश आत्मनिर्भर हुन सकेको छैन। यसको लागि सरकारले नीतिलाई बलियो पारी आन्तरिक उत्पादनलाई बढावा दिनतर्फ लाग्नु आवश्यक छ,’ उनले भने ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले स्वदेशी औषधि उद्योगलाई अघि बढाउन नीतिगत रुपमै केही परिवर्तन गर्नुपर्नेमा बताए । औषधि व्यवस्था विभागको पूरानो संरचनाले गर्दा सेवाग्राहीले चाहेको जस्तो काम लिन नसकेको उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ