२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसात वटै प्रदेशमा अंग प्रत्यारोपण केन्द्र स्थापना गर्न सरकार सकारात्मक : राज्यमन्त्री खापुङ

सात वटै प्रदेशमा अंग प्रत्यारोपण केन्द्र स्थापना गर्न सरकार सकारात्मक : राज्यमन्त्री खापुङ


चितवन—स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले सात वटै प्रदेशमा अंग प्रत्यारोपण केन्द्र स्थापनाका लागि सरकार सकारात्मक रहेको बताएका छन् । आइतबार शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रको १० औं वार्षिकोत्सव समारोहमा बोल्दैं खापुङले सो कुरा बताएका हुन् ।

‘सात वटै प्रदेशमा अंग प्रत्यारोपण केन्द्र खोल्न सरकार सकारात्मक छ,’ राज्यमन्त्री खापुङले भने, ‘’ उनले भने, ‘समन्वय मुख्य कुरा हो ।’मौलिक हकमा स्वास्थ्य भएको हुँदा सरकार त्यसमा दत्तचित्त छ ।’

उनले अंगदान मृत्युपछि दिने विषय भएकाले अंगदान गर्नेहरुको रेकर्ड राख्नुपर्नेमा जोड दिए । ‘अंगदान मृत्युपछि दिने कुरा हो,’ उनले भने, ‘स्वइच्छाले अंगदान गर्नेको रेकर्ड ट्रयाक सिस्टम छैन । त्यो राख्न जरुरी छ ।’

प्रत्यारोपणका लागि केन्द्रले खेलेको भूमिका उत्कृष्ट भएको भन्दैं उनले प्रशंशा गरे ।

यस्तै, स्वास्थ्य सचिव देवकुमारी गुरागाईले सात वटै प्रदेशमा हृदय रोग केन्द्र र मानव अंग प्रत्यारोपण केन्द्रको विस्तारमा सरकारसँग बजेटेको अभाव नहुने बताइन् । ‘समन्वय मुख्य कुरा हो,’ उनले भनिन् । गुरागाईले सातै प्रदेशमा अंग प्रत्यारोपण केन्द्र सेवा विस्तार गर्ने नीति तथा कार्यक्रममा पार्न सबैले भूमिका खेल्न समेत आग्रह गरिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ