२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहुम्ला अस्पतालमै गरियो २६ वर्षीया गर्भवतीको जटिल शल्यक्रिया

हुम्ला अस्पतालमै गरियो २६ वर्षीया गर्भवतीको जटिल शल्यक्रिया


काठमाडौं–जिल्ला अस्पताल हुम्लामा सेभियर प्रिक्लाम्पसिया भएकी एक गर्भवतीको जटिल शल्यक्रिया गरिएको छ । प्रेसर बढेका कारण जुम्ल्याहा शिशु गर्भमै उल्टो बस्न गएर स्वास्थ्य अवस्था गम्भीर भएकी २६ वर्षीया संगीता शाहीको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

कर्णाली प्रतिष्ठानका एमडीजिपी डा. क्रिशान्त भण्डारीले उक्त जटिल शल्यक्रिया गरेका हुन् । उनले आमा र शिशु दुवै स्वस्थ रहेको जानकारी दिए । ‘शाहीको प्रेसर बढेको र गर्भमा रहेको दुई शिशुमध्ये एउटा उल्टो र अर्को सुल्टो अवस्थामा थियो,’ उनले भने, ‘हामीले डेढ घण्टा लगाएर शल्यक्रिया गरेका हौं ।’

उनको  टिममा डा. रोशन खनाल, डा. कैलाश लामा, डा. देव गजमेर, डा. सुनिल सिहं पुजारा, एनेस्थेसियामा फिरदोश  महर्जन र नर्स निमा लामा थिए ।

गर्भवती शाहीलाई आईसीयुमै राख्नुपर्ने जटिल केस भएको उनको भनाइ छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गएको विशेषज्ञ चिकित्सकहरुको टोलीले यसअघि पनि हुम्ला अस्पतालमा जटिल शल्यक्रिया गर्दै आएको छ । प्रतिष्ठानले तीन महिनाअघि हुम्ला जिल्ला अस्पतालमा विशेषज्ञ टोली पठाएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ