२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुर्तीजन्य पदार्थमा कर वृद्धि गराउन प्रतिष्ठानको अपिल

सुर्तीजन्य पदार्थमा कर वृद्धि गराउन प्रतिष्ठानको अपिल


काठमाडौँ – नेपाल विकास अनुसन्धान प्रतिष्ठान (एनडीआरआइ)ले सुर्तीजन्य पदार्थमा कर वृद्धि गराउन सरकार समक्ष अपिल गरेको छ। प्रतिष्ठानले सोमबार प्रेस विज्ञप्ति जारी गरी उक्त अपिल गरेको हो।

‘सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्दा सरकार र उपभोक्ता दुबैलाई नीतिमा फाइदा हुनु हो। सुर्तीजन्य पदार्थमा लाग्ने दर बढाएर उल्लेख्य अतिरिक्त राजस्व उठाउने अवसर रहेको छ, ‘विज्ञप्तिमा भनिएको छ, ‘यस क्षेत्रको सबैभन्दा न्यून सुर्तीजन्य करको दरलाई निरन्तरता दिंदै अर्थतन्त्रलाई कुनै भार पर्नेबाट जोगाउन सम्भव छ।’

संकलित गरिएको राजस्वले कोभिडको पुनरुत्थान जस्ता सार्वजनिक खर्चमा योगदान पु-याउन सकिने प्रतिष्ठानको मत छ।

सुर्तीजन्य पदार्थमा कर वृद्धिका लागि प्रमुख तर्क बनेको अवैध व्यापार वैचारिक र मिथ्या भएको अध्ययनहरुले पनि प्रमाणित गरेको उल्लेख गर्दै प्रतिष्ठानले आगामी बजेटमा चुरोटमा लाग्ने कर वृद्धिको मुद्दालाई झनै बलियो बनाउने जनाएको छ।

सुर्तीजन्य सेवनले हाम्रो जस्तो विकासशील देशहरुमा प्रतिकुल प्रभाव पारिरहेको र परिणाम स्वरूप घांटी, फोक्सो क्यान्सर जस्ता गम्भीर रोगको सिकार भैरहेको प्रतिष्ठानको भनाइ छ। ‘नेपालमा सुर्तीजन्य पदार्थ सेवन मृत्युको दोस्रो जोखिम कारक र प्रथममा वायु प्रदुषण पर्दछ। यसको अनुपात बढ्दै गएमा पहिलो जोखिम कारक बन्न धेरै वर्ष लाग्छ भन्न सकिन्न, ‘विज्ञप्तिमा उल्लेख छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ