२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदमक स्पाइन क्लबको आयोजनामा मेरुदण्ड समस्या सम्बन्धी सम्मेलन सम्पन्न

दमक स्पाइन क्लबको आयोजनामा मेरुदण्ड समस्या सम्बन्धी सम्मेलन सम्पन्न


काठमाडौँ – दमक स्पाइन क्लबले मेरुदण्डको समस्या सम्बन्धी एक दिने सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ ।  शुक्रबार सम्पन्न बैठकले नेपालको पूर्वी क्षेत्रमा स्पाइन सेवाको विकासमा पनि ध्यान केन्द्रित गरेको थियो ।

उक्त राष्ट्रिय स्तरको बैठकमा देशभरबाट गरी ९० जना सहभागी थिए । प्रा. डा. गौरवराज ढकालको अध्यक्षतामा डा. अनुप पोखरेलले बैठक बोलाएका हुन् ।

‘हामी अब पूर्वी नेपालको जनसंख्यालाई स्पाइनको विशेष हेरचाह उपलब्ध गराउनमा केन्द्रित छौं। यसले मेरुदण्डको उपचारका लागि भारतका छिमेकी सहरहरूमा जाने बिरामीको संख्या घटाउन मद्दत गर्ने जस्ता छलफल बैठकमा भएको छ, ‘प्रा. डा. गौरवराज ढकालले भने।

देशमा नयाँ प्रविधि र उपकरणहरू ल्याउन मेरुदण्डको शल्यक्रियामा हुने घटनाक्रमहरू थाहा पाउनु अझ महत्त्वपूर्ण हुने उनको भनाइ छ।

दमक स्पाइन क्लब पूर्वमा स्पाइब केयर र शिक्षाविद्हरूलाई प्रवर्द्धन गर्ने एकमात्र उद्देश्यका साथ स्थापना गरिएको हो।बैठकमा चिकित्सा शिक्षामा योगदान दिने न्याम्सका पूर्व उपकुलपति प्रा डा गणेशबहादुर गुरुङलाई ‘इस्टर्न स्पाइन स्टार’ अवार्ड प्रदान गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ