२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका भिसी प्रा.डा. जोशी निलम्बित, कार्यवाहक डा. देवलाई

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका भिसी प्रा.डा. जोशी निलम्बित, कार्यवाहक डा. देवलाई


काठमाडौं—हेटौडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशी निलम्बित भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका प्रतिष्ठानका कुलपति राजेन्द्र पाण्डेले डा. जोशीले पदीय दायित्व निर्वाह नगरेको निलम्बन गरेका हुन् ।

प्रतिष्ठानका ५ जना सिनेट सदस्यले डा. जोशी विरुद्ध पदीय दायित्व निर्वाह नगरेको भन्दैं मुख्यमन्त्री कार्यलयमा निवेदन हालेका थिए ।

‘उहाँ (जोशी) विरुद्ध प्रतिष्ठान ऐनअनुसार पदीय दायित्व निर्वाह नगरेको भनेर उजुरी परेको हुँदा छानविन कमिटी बनाएको छु,’ मुख्यमन्त्री पाण्डेले हेल्थआवाजसँग भने, ‘ऐनअनुसार छानविन सुरु भएपछि उपकुलपति स्वतः निलम्बित हुने व्यवस्था छ । छानविन कमिटीले ल्याएको रिपोर्ट हेरेर आरोप पुष्टि भए पद जान्छ । पुष्टि नभए पुर्नबहाली हुनुहुनेछ ।’

उपकुलपति माथि लागेका आरोपबारे अध्ययन गर्न मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री कार्यलयका सचिव यमलाल भुसालको संयोजकत्वमा छानविन समिति गठन गरेका छन् ।

प्रा.डा. जोशीलाई बागमती प्रदेशका यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ साल साउन १६ गते ४ वर्षे कार्यकालका लागि नियुक्त गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले ऐनअनुसार उपकुलपति निलम्बन भएपछि स्वतः शिक्षाध्यक्ष (दोस्रो बरियता) निमित्त उपकुलपति हुने बताए । ‘उपकुलपति निलम्बन भएपछि स्वतः दोस्रो बरियतामा भएको व्यक्ति निमित्त हुन्छ,’ उनले भने, ‘आर्थिक अधिकारी क्याबिनेटले प्रत्योजन गर्नेछ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ