२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘लागुऔषध प्रयोगकर्तालाई सामान्य बिरामीको रुपमा हेरिनुपर्छ’

‘लागुऔषध प्रयोगकर्तालाई सामान्य बिरामीको रुपमा हेरिनुपर्छ’


काठमाडौँ – लागुऔषध प्रयोगकर्तालाई सामान्य बिरामीको रुपमा हेरिनुपर्ने सरोकारवालाहरुले बताएका छन्। मंगलबार पोखरामा रिकभरीङ नेपालले आयोजनामा ‘मिडिया क्याम्पेनिङ एण्ड एड्भोकेसी अन ल रिफम’ विषायक कार्यक्रममा बोल्दै उनीहरुले लागुऔषध प्रयोगकर्तालाई अपराधी ठहर गरी सजाय दिनु भन्दा सामान्य बिरामीको रुपमा हेर्नुपर्ने बताएकी हुन।

रिकभरीङ नेपालका अध्यक्ष विकास बरुवालले समय सापेक्ष रुपमा ऐन संसोधन हुन नसक्दा लागुऔषध प्रयोगकर्ताहरुलाई प्रहरी प्रशासनले निर्ममतापूर्वक ज्यादती गरेको बताए । ‘लागुऔषध प्रयोग गर्ने व्यक्तिलाई समाजमा सामान्य बिरामीको रुपमा हेर्ने हो भने उनीहरु कुलतबाट बाहिर निक्सन सक्छन त्यसका लागि लागुऔषध सम्बन्धि एन संसोधन गर्नुपर्ने माग राख्दछु, ‘उनले भने।

लागुऔषध प्रयोगकर्तालाई जेल चलान गर्नु साटो सुधारगृहमा राख्नुपर्ने रिकभरीङ नेपालका कार्यक्रम संयोजक देवेन्द्र गुरुङले बताए। त्यस्तै, सिएसजीका सन्तोष गुरुङले लागुऔषध प्रयोगकर्ताहरुलाई अन्य दीर्घरोगीलाई जस्तै एचआइभी संक्रमितलाई मासिक पाँच हजारको व्यवस्था गर्न, नागरिकता नभएकाले समेत उपचार सेवा पाउनुपर्ने, नि:शुल्क शिक्षा र स्वास्थ्यको सुनिश्चिता, एचआईभी विधेयक अविलम्ब पारित गर्नुपर्ने जस्ता माग राखेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ