२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररगत अभाव हुन नदिन रक्तदान कार्यक्रम

रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम


दोलखा – दोलखामा रगत अभाव हुन नदिनको लागि खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.को २६ औं स्थापना दिवसको अवसरमा चरिकोट सातदोबाटोमा रक्तदान आयोजना गरिएको हो ।

कोभिड-१९ को संक्रमणको कारण भीडभाडमा मान्छेको उपस्थिति नहुने भएकाले रक्तदान कार्यक्रमहरु आयोजना हुन छाडेका थिए । तर, पछिल्लो अवस्थामा जिल्लामा रगत अभाव नहोस भनेर नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको समन्वय र हाम्रो जनकल्याण साकोसकाले रक्तदान आयोजना गरिएको प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिए ।

कार्यक्रममा हाम्रो जनकल्याण साकोसका अध्यक्ष राजन श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाका सभापति गोकर्ण पोखरेलले रक्तदाताहरुलाई ब्लड व्याग दिएर उद्घाटन गर्नुभएको थियो । रक्तदान कार्यक्रममा १८ वर्ष उमेर पुगेका २३ रक्तदाताहरुले रक्तदान गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ