२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ९ जनामा कोभिड पुष्टि

थप ९ जनामा कोभिड पुष्टि


काठमाडौं—नेपालमा थप ९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो ।

अहिलेसम्म नेपालमा पिसिआर विधीबाट गरिएको परीक्षणमा ९ लाख ७८ हजार ८ सय २८ र एन्टीजेन विधीबाट गरिएको परीक्षणबाट १ लाख ४० हजार १ सय ९२ जनामा कोभिड संक्रमण पुष्टि भइसकेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १८  जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार ६ सय ५६ पुगेको छ ।

नेपालमा २ सय ११ जना सक्रिय संक्रमित रहेका छन् ।

अहिलेसम्म नेपालमा कोभिड-१९ बाट ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ