२०८० मंसीर १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहप्तामा ६ दिननै ओपिडी संचालन गर्ने विषयमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्यकर्मीबीच कुरा मिलेन

हप्तामा ६ दिननै ओपिडी संचालन गर्ने विषयमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्यकर्मीबीच कुरा मिलेन


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साताको ६ दिन नै ओपिडी सेवा संचालन गर्ने भनिएको प्रस्तावमा छलफल गर्नका लागि बोलाएको बैठक निष्कर्षविना टुंगिएको छ । बिहिबार स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यसँग सम्बन्धित संघसंगठन र अस्पताल निर्देशकहरुलाई छलफलका लागि बोलाएका थिए ।

हप्तामा ६ दिन ओपीडी सञ्चालन गर्ने सम्बन्धमा छलफल गर्न बसेको बैठक निस्कर्षविना टुंगिएको स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए ।

‘आजको बैठकमा दुई दिन विदा गर्दा ओपिडी सेवा आइतबार चलाउने वा नचलाउने भन्ने विषयमा टुंगो लाग्न सकेन्,’ उनले भने, ‘यसबारे के गर्ने भन्ने वृहत छलफलका लागि सोमबार पुन: बैठक बस्ने भएको छ।’

त्यस्तै, नेपाल चिकित्सक संघ (एनएमए)का अध्यक्ष डा. लोचन कार्कीले बैठकमा चिकित्सकलाई दुई दिने विदा चाहिन्छ भनेर आफूहरुले कुरा राखेको बताए। ‘कोभिडले देशलाई अस्तव्यस्त बनाएको बेलामा दिन रात खटिएर चिकित्सकहरुले सट्टा विदा समेत नपाउने गरेको हुँदा हामीलाई दुई दिन विदा चाहिन्छ भन्ने पक्षमा हामी छौँ । ओपीडी आलोपालो गरेर चलाउने हो वा कसरी व्यवस्थित गर्ने हो, यसबारे अझै निचोड निस्किएको छैन्, ‘ उनले भने ।

डाक्टरले २४ घण्टा खटिएर काम गर्नुपर्ने हुँदा आरामको लागि पनि दुई दिनको विदा आवश्यक रहेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ