२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप १५ जना कोभिड-१९ संक्रमित, १७ जना संक्रमणमुक्त

नेपालमा थप १५ जना कोभिड-१९ संक्रमित, १७ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप १५ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो ।

अहिलेसम्म नेपालमा पिसिआर परीक्षणमा ९ लाख ७८ हजार ९ सय १४ जना र एन्टीजेन परीक्षणबाट १ लाख ४० हजार १ सय ९८ जनामा कोभिड—१९ पुष्टि भएको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १७ जना कोभिड संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६६ हजार ७ सय ४७ पुगेको छ ।

हालसम्म नेपालमा कोभिड—१९ बाट ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ सय १५ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ