२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशिक्षण अस्पतालमा आठौं कलेजो प्रत्यारोपण, २७ वर्षीय छोराले ४८ वर्षीय बुवालाई दिए कलेजो

शिक्षण अस्पतालमा आठौं कलेजो प्रत्यारोपण, २७ वर्षीय छोराले ४८ वर्षीय बुवालाई दिए कलेजो


काठमाडौं-त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । शनिबार अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रां.डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले कलेजो सफल प्रत्यारोपण गरेको हो ।

डा. भण्डारीकाअनुसार ४८ वर्षीय वुवालाई उनका २७ वर्षीय छोराले कलेजो दिएका थिए । ‘शनिबार रातिबाट हामीले झण्डै १२ घण्टा लगाएर कलेजो प्रत्यारोपण ग¥यौं,’ उनले हेल्थआवाजसँग भने, ‘अहिले बिरामीको अवस्था सामान्य छ ।’

त्रिवि शिक्षण अस्पतालको टिमलाई भारतको फोर्टिसबाट आएको चिकित्सकहरुको टिमले सहयोग गरेको थियो ।

यो त्रिवि शिक्षण अस्पतालको आठौं सफल कलेजो प्रत्यारोपण हो । यसअघि अस्पतालले सात वटा सफल कलेजो प्रत्यारोपण गरिसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ