२०७९ असार १३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेडिकल काउन्सिलको प्रशासन प्रमुख लामा बनिन् बुढानीलकण्ठको उपमेयर

मेडिकल काउन्सिलको प्रशासन प्रमुख लामा बनिन् बुढानीलकण्ठको उपमेयर


काठमाडौँ – नेकपा एमालेको तर्फबाट बुढानीलकण्ठ नगरपालिकाको उपमेयर पदमा अनिता लामा निर्वाचित भएकी छिन्। उनले निर्वाचनकै लागि नेपाल मेडिकल काउन्सिलको प्रशासन प्रमुखबाट राजिनामा दिएकी थिइन।

उनी विगत १७ वर्ष देखि काउन्सिलमा थिइन।

उनले नेपाली कांग्रेसको तर्फकी उम्मेदवार रमिला बाग्लेलाई हराएर उपमेयर बनेकी हुन् । उपमेयर पदमा लामाले कुल १४ हजार ३१४ मत ल्याएकी छिन्। त्यस्तै, बाग्लेले ११ हजार ९७२ मत मात्रै प्राप्त गरिन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)