२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनवनिर्वाचित प्रतिनिधिको पहिलो निर्णय : प्रसूति सेवाका लागि एम्बुलेन्स नि:शुल्क गराउने

नवनिर्वाचित प्रतिनिधिको पहिलो निर्णय : प्रसूति सेवाका लागि एम्बुलेन्स नि:शुल्क गराउने


काठमाडौँ – दैलेखको दुल्लु नगरपालिकाका नवानिर्वाचित जनप्रतिनिधिहरुले सुत्केरी हुनका लागि महिलालाई स्वास्थ्य संस्था लैजान यातायातको व्यवस्था नि:शुल्क गर्ने घोषणा गरेको छ। नवनिवार्चित नगरप्रमुख रिजालसहित नगरका अन्य सदस्यहरुको सो निर्णय गरेका हुन्।

नगरपालिकाका अनुसार सुरक्षित प्रसुति गराउन दुल्लु अस्पतालमा उपचार हुन नसकेको अवस्थामा जिल्ला अस्पताल, प्रदेश अस्पताल सुर्खेत लगायत आवश्यकता अनुसार सो भन्दा उच्च तहको अस्पतालमा पठाउनु परेमा एम्बुलेन्स नि:शुल्क उपलब्ध गराउने तयारी भएको हो।

बिरामीलाई दुल्लु अस्पताल बाहिरको अस्पताल लान प्रयोग हुने एम्बुलेन्स सेवा नि:शुल्क गर्नको लागि टिप्पणी पेश गरिएको उल्लेख छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ