२०८० मंसीर २३, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यको समग्र बजेट घट्ने, नियमित बजेट भने ९ अर्ब बढ्ने

स्वास्थ्यको समग्र बजेट घट्ने, नियमित बजेट भने ९ अर्ब बढ्ने


काठमाडौं—सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेटको तयारी गरिरहेको छ । १५ जेठमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार अर्थ मन्त्रालयले बजेटको तयारी गरिरहेको छ ।

कोभिड—१९ महामारीको सम्भावना पूर्ण रुपमा निस्तेज नभइसकेको अवस्थामा सरकारले ल्याउन लागेको बजेटलाई महत्वका साथ हेरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अर्थले छुट्याउने प्रस्तावले रोग नियन्त्रण, पूर्वाधार निर्माणलगायतका कुराहरुमा विशेष अर्थ राख्छ ।

चालु आर्थिक वर्षमा स्वास्थ्यको सम्रग बजेट १ खर्ब ९७ करोड रुपैयाँ छुट्याइएको थियो । चालु आर्थिक ०७८/०७९ को नियमित बजेट सिलिङमा ६५ अर्ब बजेट रहेको थियो । जुन कोभिड—१९ महामारीका कारण बढेर १ खर्ब ९७ करोड पुगेको हो ।

तर, आगामी आर्थिक वर्षका लागि भने ७४ अर्ब ३० करोड रुपैयाँ बराबर प्रस्ताव गरिएको छ । जुन स्वास्थ्यको नियमित बजेट सिलिङमा ९ अर्ब बढी बजेट हो । नियमित सिलिङमा बढेको बजेट ५, १० र १५ बेडका अस्पताल निर्माणका लागि भएको स्वास्थ्यका अधिकारीहरु बताउँछन् ।

तर, समग्र बजेटमा भने स्वास्थ्य बजेट कटौती भएको छ । कोभिड—१९ महामारी सामान्य बन्दै गएको अवस्थालाई पनि यसको कारण मानिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ