२०८१ चैत्र ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहेटौंडामा १५४१ परिवारको नि:शुल्क स्वास्थ्य बिमा गरिदिने मेयर लामाको निर्णय

हेटौंडामा १५४१ परिवारको नि:शुल्क स्वास्थ्य बिमा गरिदिने मेयर लामाको निर्णय


काठमाडौँ – हेटौंडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मीना लामाले नगरका १५ सय ४१ परिवारको नि:शुल्क स्वास्थ बिमा गर्ने निर्णय गरेकी छिन्। उनले सोमबार पदभार ग्रहण गर्दै नगरका विपन्न १५ सय ४१ परिवारको नि:शुल्क स्वास्थ बिमा गर्ने निर्णय गरेकी हुन्।

त्यसबाहेक मेयर लामाले आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित भएका विद्यार्थीलाई पढाउन छात्रवृत्ति कार्यक्रम लागू गर्ने, अतिविपन्न परिवारलाई १५ हजार लिटर पानी र २५ युनिट बिजुली नि:शुल्क उपलब्ध गराउने पनि निर्णय गरेकी छिन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ