२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पताल बन्यो देशकै उत्कृष्ट केन्द्रीय अस्पताल, मेसु भन्छन्, ‘यो टिमवर्कको नतिजा हो’

भेरी अस्पताल बन्यो देशकै उत्कृष्ट केन्द्रीय अस्पताल, मेसु भन्छन्, ‘यो टिमवर्कको नतिजा हो’


काठमाडौं—भेरी अस्पताल देशभरकै उत्कृष्ट केन्द्रीय अस्पताल दरिएको छ । सरकारले अस्पतालको गुणस्तर सुधारका लागि तय गरेको न्यूनतम सेवा मापदण्ड (एमएसएस)मा ६७ अंक ल्याउँदैं भेरी अस्पताल उत्कृष्ट संघीय अस्पतालमा बन्न सफल भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको केन्द्रीय अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा भेरी अस्पताल उत्कृष्ट भएको हो । मंगलबार मन्त्रालयले न्यूनतम सेवा मापदण्ड मुल्यांकन सार्वजनिक गरेको हो ।

अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर चन्दले अस्पताल सेवा सुधार, कमजोरी हटाउन भएका प्रयास र सेवा विस्तारजस्ता कारण संघीय अस्पतालहरुमा भेरी उत्कृष्ट बन्न सफल भएको बताए । ‘यो हामी सबैको टिमवर्क र मेहनतको प्रतिफल हो,’ उनले हेल्थआवाजसँग भने, ‘हामीले अस्पतालमा रहेका कमजोरीहरुलाई हटाएर काम ग¥यौं । न्यूरो सर्विस विस्तार ग¥यौं ।’

पश्चिम नेपालकै प्रमुख अस्पतालमा पर्ने बाँकेस्थित भेरी अस्पतालमा दैनिक ५ देखि ६ सय जनाले सेवा लिन्छन् । अस्पतालले शल्यक्रियासहितका २० वटाभन्दा बढी विशेष सेवाहरु प्रदान गरिरहेको छ ।

यसअघि अघिल्लो मुल्यांकनमा पनि भेरी अस्पताल ६१ अंकसहित सबैभन्दा उत्कृष्ट केन्द्रीय अस्पताल भएको थियो । अस्पताल लगातार दोस्रो पटक पनि सोही सफलता कायम राखेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ