२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधनगढी उपमहानगर र निजी अस्पतालबीच जेष्ठ नागरिकलाई निःशुल्क सेवा दिने सम्झौता

धनगढी उपमहानगर र निजी अस्पतालबीच जेष्ठ नागरिकलाई निःशुल्क सेवा दिने सम्झौता


धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाभित्रका जेष्ठ नागरिकले निजी अस्पतालमा निःशुल्क ओपीडी सेवा पाउने भएका छन् । मंगलवार धनगढी उपमहानगरपालिका र नेपाल निजी अस्पताल संघबीच उक्त सम्झौता भएको हो ।

उपमहानगरपालिकाका मेयर गोपाल हमालको अध्यक्षतामा बसेको दुवै पक्षबीचको बैठकले ७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिकलाई निःशुल्क ओपीडी सेवासहित रोग निदान (परीक्षण) र बेड चार्जमा १० प्रतिशत सहुलियत दिने निर्णय गरेको छ । यस्तै उनीहरुलाई औषधिमा समेत ५ प्रतिशत सहुलियन दिने सम्झौता भएको निर्णयमा उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ