२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘एनएमए-मेडिकल म्युजियम’ स्थापना हुने

‘एनएमए-मेडिकल म्युजियम’ स्थापना हुने


काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)ले ‘एनएमए-मेडिकल म्युजियम’ स्थापना गर्ने भएको छ । बुधबार संघले प्रदर्शनीमार्गस्थित संघको केन्द्रीय कार्यलयमा ‘एनएमए-मेडिकल म्युजियम’ स्थापना गर्न लागेको जानकारी दिएको हो ।

म्युजियममा नेपाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा प्रयोगमा ल्याइएका विभिन्न ऐतिहासिक पुराना मेडिकल उपकरण तथा अन्य चिकित्सा क्षेत्रसँग सम्बन्धित सामाग्री संकलन गरेर राखिनेछ । एनएमएले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा एक नवीनतम चिकित्सा संग्रहालयको स्थापना गर्न लागिएको जनाएको छ ।

संघले संघ, संस्था, अस्पताल वा व्यक्तिगत तवरणबाट त्यस्ता पुराना ऐतिहासिक सामाग्रीहरु, उपकरण, पुस्तक, प्रमाण्ण पत्र तथा चिकित्सा सेवामा प्रयोग भइसकेका सामाग्रीहरु उपलब्ध गराउन समेत आग्रह गरेको छ । यस्ता सामाग्री उपलब्ध गराउने संघ, संस्था तथा व्यक्तिको जानकारी म्युजियममा राखिनेछ ।

संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै म्युजियम स्थापना गर्न लागिएको बताएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ