२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश५ महिनादेखि तलब नपाएपछि नेपालगन्ज मेडिकल कलेजका १ सय ५० बढी चिकित्सक आन्दोलित

५ महिनादेखि तलब नपाएपछि नेपालगन्ज मेडिकल कलेजका १ सय ५० बढी चिकित्सक आन्दोलित


काठमाडौं—पाँच महिनादेखिको तबलभत्ता नपाएपछि नेपालगन्ज मेडिकल कलेजमा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । बिहीबारबाट मेडिकल कलेजमा कार्यरत १ सय ५० भन्दा बढी चिकित्सक तत्काल तलबभत्ता निकासा गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले बिहीबार विहान ९ बजेदेखि १० बजेसम्म मेडिकल कलेज प्रशासन अगाडि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । माघदेखिको तलब र इन्सेन्टीभ नपाएपछि ११ जेठमा बसेको मेडिकल कलेजका सम्पूर्ण फ्याकल्टीहरुको भेलाले ०७८ चैतसम्मको तलब १३ जेठसम्म भुक्तानी दिन अल्टीमेटम दिने निर्णय गरेको थियो ।

त्यसका लागि दबाब दिन १२ जेठ र १३ जेठमा अस्पताल प्रशासन अगाडि भेला भएर कालोपट्टी बाँधेर प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बिहीबार चिकित्सकहरुले हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

प्रशासनले यसलाई गम्भीर रुपमा लिएर तलब भुक्तानी नगरे १६ र १७ जेठमा दिउँसो दुई बजेपछि सञ्चालन हुने ओपीडी सञ्चालनमा असहयोग गर्ने निर्णय पनि उनीहरुको भेलाले गरेको छ ।

नेपालगन्ज मेडिकल कलेजको फ्याकल्टी वेलफेयर काउन्सिल तदर्थ समितिका अध्यक्ष डा. विनोद महासेठकाअनुसार मेडिकल अधिकृतदेखि प्रोफेसरहरु गरी झण्डै १ सय ५० जना बढीले माघदेखि तलबभत्ता पाएका छैनन् । यस्तै, चिकित्सकहरुले ९—१० महिनादेखि इन्सेन्टीभ समेत पाएका छैनन् ।

डा. महासेठले यस विषयमा स्थानीय प्रशासनलाई पनि जानकारी गराएको बताए । ‘हामीले स्थानीय प्रशासनलाई पनि हाम्रो समस्याका बारेमा जानकारी गराएका छौं,’ उनले भने, ‘मेडिकल कलेज प्रशासन आज आएर छलफल गर्नुपर्ने हो । निर्देशक र सिईओ आएर छलफल गर्नुपथ्र्यो ।’ उनले आफूहरु समाजको वौद्धिक वर्ग भएकाले यो समस्या साधान गर्न मेडिकल कलेज प्रशासनले नै बढी ध्यान दिनुपर्नेमा जोड दिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ