२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१२ जना नयाँ संक्रमित थपिए, १३ जना संक्रमणमुक्त

१२ जना नयाँ संक्रमित थपिए, १३ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप १२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

यससँगै अहिलेसम्म नेपाल पिसिआर पद्धतिबाट गरिएको परीक्षणमा ९ लाख ७९ हजार १ सय १३ जना र एन्टीजेन पद्धतिबाट गरिएको परीक्षणमा १ लाख ४० हजार २ सय २८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टा १३ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालका कोभिड संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६७ हजार ३७ पुगेको छ ।

मन्त्रालयकाअनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १ सय २४ जना रहेको छ ।

हालसम्म नेपालमा कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ५२ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ