२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडाक्टरको मोटरसाइकल अस्पतालको पार्किङमै आगजनी

डाक्टरको मोटरसाइकल अस्पतालको पार्किङमै आगजनी


विराटनगर – विराटनगरस्थित कोशी अस्पतालका जनरल सर्जन डा. रविनराज सिंहको मोटरसाइकलमा आगजनी गरिएको छ । अस्पतालको पछाडिपट्टी राखिएको सिंहको को २५ प ५०२४ नम्बरको बुलेट मोटरसाइकलमा आगजनी गरिएको हो । पार्किङमै पुगेर अज्ञात व्यक्तिले डा. सिंहको मोटरसाइकलमा शुक्रबार बिहान राति २ बजे आगो लगाएको बुझिएको छ ।

मोटरसाइकलमा आगजनी हुँदा विस्फोटको आवाज आएपछि सिंहका साथीले थाहा पाएका थिए । ‘म अस्पतालको निवासमा थिएँ, साथी थाहा पाएपछि आगो लागेको थाहा भयो,’ सिंहले भने ।

निवासको झ्यालबाट हेर्दा आगलागी भएको देखेपछि साथीले सिंहलाई खबर गरे । हतार–हतार गएर आगो निभाएपछि थप क्षति हुन पाएन । आगो समयमै ननिभाइएको भए अस्पतालमा फैलिन सक्ने खतरा थियो ।

अस्पतालभित्र आएर कसले यस्तो ग¥यो भन्नेबारेमा हामी आश्चर्यमा परेका कोशी अस्पतालका दन्त चिकित्सक तथा सो विभागाध्यक्ष प्रमुख डा. सुधीर श्रेष्ठले बताए । आगो समयमै निभाएका कारण धेरै क्षति नभएको उनले बताए ।

डा. सिंहले बिहीबार राति साढे ९ बजे मोटरसाइकल पार्किङमा राखेर निवास गएका थिए । पार्किङ गरेर राति निवास गएपछि मोटसाइकलमा आगलागी भएको बुझिएको छ । केही दिन अगाडी डा. सिंहको मोटसाइकल चोरी भएको थियो । सो मोटरसाइकल प्रहरीले फेला पारि सिंहले बुझाएको थियो ।

डा. सिंहले आफ्नो मोटरसाइकल जलाइदिएपछि जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएका छन् ।

डाक्टरकै सवारीसाधनमा आगजनी गरिएपछि शुक्रबार पाँच वटा नयाँ सिसिटिभी जडान गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका सिंहले निवेदन दिएपछि अनुसन्धान गर्न टोली खटाइएको प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘पार्किङ गरेको स्थानमा मोटसाइकल जेलपछि घटनाको अनुसन्धान सुरु भएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘कसले आगजनी ग¥यो हामीले घटनाको अनुसन्धान सुरु गरेका छौं ।’


क्याटेगोरी : समाचार
ट्याग : #डा. रविनराज सिंह


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ