२०८० मंसीर २५, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न


काठमाडौँ – रोटरी सामुदायिक संघ पिपलचौरको आयोजनामा काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ मा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शनिबार आयोजित स्वास्थ्य शिविर रोटरी क्लब धुलिखेल, क्रिएटिभ ब्यूटी, रोटरी क्लब काभ्रे भ्याली, सीएससी नेपालको सहकार्यमा भएको थियो।

शिविरमा दन्त सेवा, मुटु रोग परीक्षण, स्त्रीरोग सेवा, छाला रोग, मुटु रोग र अन्य रोगबाट बच्ने उपाय सहितको जनचेतनाको कार्यक्रम राखिएको आयोजक टिमले जानकारी दिएको छ।

शिविरमा धुलिखेल अस्पतालका बाल मुटु रोग विशेषज्ञ डा.अनिश श्रेष्ठ, डा. श्रेया देउजु , डा. राहुल श्रेष्ठ,ज्युले र दन्त सेवातर्फ डा. विप्लप अधिकारी लगायतको समुहले सेवा प्रदान गरेका थिए । स्त्रीरोग परिक्षणतर्फ स्त्रीरोग विशेषज्ञ रुपा कर्माचार्य र कृष्णा सिकु श्रेष्ठले सेवा प्रदान गरेका थिए भने छाला रोग परीक्षण तथा सुमि रन्जित लगायत क्रिएटिभ ब्यूटी समुहले सेवा दिएका थिए ।

स्वास्थ्य परीक्षण गराएका १ सय ३३ जना मध्ये अलि गम्भीर बिरामीलाई थप उपचारको लागि धुलिखेल अस्पतालमा लाने व्यवस्था समेत गरिएको थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ