काठमाडौं—ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले क्षमता विस्तार गर्दै १ सय ५० शैय्या पुर्याउने भएको छ । अस्पतालका संस्थापक एवं कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले अस्पतालको पाँचौ वार्षिकोत्सवको अवसरमा अस्पतालको क्षमता विस्तार गरेर १ सय ५० शैय्याको बनाइन लागेको जानकारी दिए ।
अहिले नेपाल क्यान्सर हस्पिटल १ सय शैय्याको रहेको छ ।
यसैगरी, अस्पतालले ६० करोड बढी लगानी थप्ने तयारी गरेको अस्पतालका अध्यक्ष डा. श्रेष्ठले जानकारी दिए । ‘अहिले नै यति भन्ने डिस्क्लोज गरेका छैनौं,’ उनले भने, ‘झण्डै ६० करोडभन्दा भन्दा माथि लगानी थपेर हामी अस्पतालको क्षमता र सेवा विस्तार गर्दैछौं ।’
डा. श्रेष्ठकाअनुसार नेपाल क्यान्सर हस्पिटलले सेवालाई बढाउन थप लगानी गरेर थप नयॉ प्रविधिहरू भित्र्याउन लागेको छ । नयाँ सेवामा रुपमा अस्पतालले बोनम्यारो ट्रान्सप्लाट सेवा र रोबोटिक सर्जरीजस्ता सुरु गर्दैछ । साथै, नेपाल क्यान्सर हस्पिटल व्यवस्थापनले हस्पिटललाई प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा रुपान्तरित गरेको छ ।
सन् २०१४ बाट सुरु भएको नेपाल क्यान्सर अस्पतालले आफ्नो सुरुवाती सेवा भने ५० शैय्याबाट सुरु गरेको थियो । त्यसको केही समयमै अस्पताले १०० शैय्यामा स्तरोन्नती गरिएको थियो । सुरुमा ३०/४० जना बिरामी हुने अस्पतालमा अहिले ओपीडीमा दैनिक औसत २ सय हाराहारीमा बिरामी सेवा लिन्छन् । २ जना स्टाफबाट सुरु भएको अस्पतालमा हाल ६ सय जना कर्मचारी छन् । जसमध्ये ४५ जना विशेषज्ञ चिकित्सक नै छन् ।
‘नेपाली क्यान्सर बिरामीको उपचार नेपालमा नै‚ भन्ने नाराका साथ स्थापना भएको हस्पिटलको २० जेठमा पाँचौ वार्षिकोत्सव रहेको छ । तर, वार्षिकोत्सवको एक साताअघिदेखि नै अस्पतालले विविध कार्यक्रमहरु गरिरहेको छ ।
यो पनि पढ्नुस