२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन् स्वास्थ्यका बजेटमा परेका मुख्य ३३ बुँदा, बजेट अघिल्लो वर्षभन्दा ५३ अर्ब ३९ करोड कम

यी हुन् स्वास्थ्यका बजेटमा परेका मुख्य ३३ बुँदा, बजेट अघिल्लो वर्षभन्दा ५३ अर्ब ३९ करोड कम


काठमाडौं—सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा स्वास्थ्यतर्फ सरकारले ६९ अर्ब ३८ करोड बजेट बिनियोजन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५३ अर्ब ३९ करोड कम हो । गत आर्थिक वर्षमा स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब ७७ करोड रहेको थियो । पछि, कोभिड खोपका लागि छुट्टै बजेट २५ अर्ब बजेट थप गरेर १ खर्ब ४७ अर्ब पु¥याइएको थियो ।

स्वास्थ्यमा बजेट घटाएर सार्वजनिक गरेको सरकारले बजेटको प्राथमिकतामै गुणस्तरीय स्वास्थ्यलाई राखेको छ ।

सरकारले स्वास्थ्यका लागि प्रदेशलाई ६ अर्ब ३६ करोड रुपैयाँ बिनियोजन गरिएको छ भने स्थानीय तहलाई २७ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

स्वास्थ्यमा सबै प्रदेशमा क्याथल्याब सञ्चालन गर्नेदेखि ४० वर्षमाथिको नसर्ने रोगको एक वर्षमा एक पटक निःशुल्क परीक्षण गर्नेलगायतका पपुलिष्ट कार्यक्रम समेटिएका छन् । तर, यसको कार्यन्वयनका लागि सरकारलाई सहज भने छैन ।

बजेटमा परेका स्वास्थ्यका मुख्य ३३ बुँदा

१. स्थानीय आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब
२. जीर्ण र पुराना अस्पताल नयाँ मापदण्डअनुसार पुनः निर्माण गरिने
३. २० वटा केन्द्रीय तथा प्रादेशिक अस्पतालमा छुट्टै जेष्ठ नागरिक कक्ष
४. ९८ प्रकारका औषधि निःशुल्क
५. मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षघातका बिरामीलाई मासिक ५ हजार उपचार खर्च । १ अर्ब ५० करोड बजेट
६. पोषण तथा सुरक्षित मातृत्व कार्यक्रममा लागि थप बजेट बिनियोजन
७. २३ जिल्ला गर्भवती महिलालाई मासिक ५ हजारका दरले पोषण खर्च उपलब्ध गराउने
८. लुम्बिनी र सर्लाहीमा सुपरस्पेसियालिटी अस्पताल स्थापना गर्ने
९. नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिने
१०. राजमार्गका ५ वटा स्थानमा ट्रमा सेन्टर स्थापना गर्ने
११. दुर्गम क्षेत्रमा काम गर्ने चिकित्सकका लागि एक स्वास्थ्य संस्था एक चिकित्सकको नीति लागु गर्ने
१२. पेटस्क्यान्स र त्यसका लागि साइकोलोटन किन्न ५० करोड
१४. डाइलाइसिस मेसिन खरिदका लागि २० करोड
१६. विपन्न नागरिकको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने
१७. विपन्न नागरिकलाई डाइलाइसिस गर्नका लागि १० करोड
१८. शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रलाई शैक्षिक प्रतिष्ठान बनाइने
१९. विशिष्टीकृत अस्पताल मनमोहन कार्डियोथोरासिक, सुरेश वाग्ले क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, गंगालाल, परोपकार प्रसुति गृह, राजारामप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालहरुको पूर्वाधार विकासका लागि बजेट बिनियोजन
२०. सेन्टर फर डिजिज कन्ट्रोल र प्रत्यायन बोर्ड बनाउन कानुन तर्जुमा गरिने
२१. देशका सबै स्वास्थ्य संस्थाहरुलाई विद्युतीय सूचना प्रणालीमा लगिने
२२. सहकारी र सामुदायिक अस्पतालबाट मात्रै स्वास्थ्य बिमा लागु गरिने । बिमाका लागि ७ अर्ब ५० करोड
२३. स्वास्थ्य बिमालाई बिमा कम्पनीमार्फत लैजाने
२४. ४० वर्षमाथिका सबै नागरिकलाई वर्षमा एक पटक निःशुल्क नसर्ने रोगको स्वास्थ्य परीक्षण गरिने
२५. शैक्षिक सत्र सुरु हुनुअघि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरिने ।
२६. सबै प्रदेशमा एउटा रक्तसंचार केन्द्र स्थापना गरिने
२७. मुटु रोगको उपचारका लागि सबै प्रदेशमा एउटा क्याथल्याब स्थापना गरिने ।
२८. सबै स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल कलेजले वर्षमा दुई पटक विशेषज्ञ सेवासहितको निःुशल्क स्वास्थ्य शिविर गर्नुपर्ने ।
२९. पूर्ण अपांगता भएका बालबालिकालाई पुनस्थापनाका लागि पुनस्थापना केन्द्र खोलिने ।
३०. शिक्षक अस्पताल निर्माण गरिने
३१. सिकलसेल एनिमियाको अध्ययन अनुसन्धानका लागि केन्द्र स्थापना गर्ने ।
३२. सेती र महाकाली अस्पतालसँगको सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालन गरिने
३३. सातवटै प्रदेशमा आयुर्वेद प्रशोधन केन्द्र स्थापना गर्ने र यस वर्ष अत्तरिया र सुर्खेतबाट सुरु गर्ने


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ