२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. जागेश्वर गौतमको २७ वर्षको सरकारी जागिरे यात्रा सकियो, क्याबिनेटद्वारा राजीनामा स्वीकृत

डा. जागेश्वर गौतमको २७ वर्षको सरकारी जागिरे यात्रा सकियो, क्याबिनेटद्वारा राजीनामा स्वीकृत


काठमाडौं—सरकारले कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का पूर्व प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमको राजीनामा स्वीकृत गरेको छ । १३ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले डा. गौतमले पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

वीरको प्रमुख प्रशासकीय अधिकारीबाट सरुवा गरेर परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीमा भूमिकाविहीन बनाइएपछि डा. गौतम असन्तुष्ट बनेका थिए । उक्त सरुवापछि उनी विदा लिएर बसेका थिए ।

केही समय बिदा बसेपछि डा. गौतमले राजीनामा दिएका हुन् । ‘परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीमा पदाधिकार रहेका प्रमुख कन्सल्ट्यान्ट अब्स्टेट्रिक्स एण्ड गाइनोकोलोजिष्ट डा. जागेश्वर शर्मा गौतमले दिनुभएको राजीनामा स्वीकृत गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

हक्की स्वभावका डा. गौतम कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख हुनुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको भूमिकामा थिए । त्यसअघि उनी परोपकार प्रसुति गृहको निर्देशक रहेका थिए । डा. गौतमका बेला प्रसुति गृहमा सुधारका कामहरु भएको मानिन्छ ।

यससँगै डा. गौतमको २७ वर्ष लामो सरकारी सेवाको यात्रा टुंगिएको छ । उनले वि.सं. ०५२ साल चैत्र १ बाट मेडिकल अधिकृतका रुपमा सरकारी जागिर सुरु गरेका थिए । सरकारी जागिरको दौरान उनले सप्तरीको राजविराज, झापाको भद्रपुर, चितवनको भरतपुर, सुर्खेत, गोरखालगायतका ठाउँमा काम गरेका थिए । उनी २०७९ साउन २९ मा सेवाबाट अनिवार्य अवकास पाउँदै थिए । डा. गौतमले अवकास पाउनु झण्डै तीन महिनाअघि नै राजीनामा दिएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ