२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसम्पत्ति शुद्धीकरणको मुद्दामा दिल्लीका स्वास्थ्यमन्त्री जैन पक्राउ

सम्पत्ति शुद्धीकरणको मुद्दामा दिल्लीका स्वास्थ्यमन्त्री जैन पक्राउ


भारतको दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई पक्राउ परेका छन्। प्रवर्तन निर्देशनालय (ईडी) ले सोमबार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनलाई पक्राउ गरेको हो ।

कोलकातामा रहेको एउटा कम्पनीसँगको कारोबारमा अनियमितता भेटिएको भन्दै उनलाई पक्राउ गरिएको समाचार संस्था एएनआईले जनाएको छ। ईडीले दिल्लीमा सत्येन्द्र जैनका कारोबार रहेका ठाउँहरूमा छापा मारेपछि गिरफ्तार गरेको हो।

एजेन्सीले गत महिना जैन परिवार र उनीहरूसँग सम्बन्धित कम्पनीहरूको करोडौंको सम्पत्ति जफत गरेको थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ